Model: हालको खण्ड
पाठ सलाह (नमाज) का सर्त र आदेशहरू
सलाह (नमाज) का सर्तहरू
अपवित्रता र फोरबाट पवित्र हुनु पर्दछ। अनस बिन् मालिक रजियल्लाहु अन्हुमाले भन्नु भएको छः मैले सुनेको छु रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु हुन्थ्यो- “पवित्रता नभइकन अल्लाहले सलाह स्वीकार गर्नुहुँदैन।” (सहीह इब्ने माजा)
अङ्गहरूलाई छोप्नको लागि छोटो, कसिलो, पातलो र पारदर्शी लुगा होइन, बरु पूरै शरीरलाई छोप्ने खुकुलो र अपारदर्शी कपडा लगाउनु पर्दछ।
वयस्क पुरुषले कम्तिमा पनि नाईटोदेखि घुँडासम्म छोप्नु पर्छ।
बालिग महिलाले सलाह पढ्दा अनुहार र हत्केलाबाहेक शिरदेखि पाऊसम्म पूरै शरीरलाई छोप्नु पर्छ। आइशा रजियल्लाहु अन्हाद्वारा वर्णित छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “अल्लाहले वयस्क महिलाहरूको सलाह पर्दा बिना स्वीकार गर्नु हुँदैन।” (अबू दाऊदः ६४१, तिर्मिजीः ३७७, इमाम तिर्मिजीले यस हदीसलाई हसन भन्नु भएको छ।)
किब्लातिर अनुहार गर्ने सम्बन्धमा अल्लाहले भन्नु भएको छः (وَمِنْ حَيْثُ خَرَجْتَ فَوَلِّ وَجْهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ) (البقرة: 149). अर्थः “तिमी जहाँसुकैबाट निस्के पनि सलाहमा आफ्नो अनुहार मस्जिदे हराम (काबा) तिर फर्काऊ।” (सूरह अल्-बकरह: २/१४९)
‘किब्ला’ पवित्र काबा नै मुस्लिमहरूको किब्ला हो। यसलाई सन्देष्टाहरूका पुर्खा इब्राहीम (अलैहिस्सलाम) ले आफ्नै हातले निर्माण गर्नु भएको थियो। सन्देष्टाहरूले त्यही पवित्र काबाको हज्ज गरे, तर काबामा न फाइदा पुर्याउने शक्ति छ, न हानि पुर्याउने नै। अल्लाहले किब्लातर्फ मुख गरेर सलाह पढ्न आदेश दिनु भएको छ, ताकि विश्वकै सम्पूर्ण मुस्लिमहरू एउटा केन्द्रविन्दुमा केन्द्रित हुन सकौं। त्यसैले हामी काबातिर अनुहार गरेर अल्लाहको उपासना गर्छौं।
किब्लातर्फ अनुहार गर्ने तरिका-
यदि रोग वा अशक्तले गर्दा किब्लातिर मुख गर्न असमर्थ छ भने उसले किब्लातिर मुख गर्नु पर्दैन, किनभने अशक्तलाई अनिवार्य कुराहरू पनि माफ हुन्छन्। किनभने अल्लाहले भन्नु भएको छः (فَاتَّقُوا اللهَ مَا اسْتَطَعْتُمْ) (التغابن: 16). अर्थः “यथासम्भव अल्लाहसित डराऊ।” (सुराह तगाबुन : ६४/१६)
समय हुनु सलाहको लागि सर्त नै हो। त्यसैले समय भन्दा पूर्व सलाह पढ्नु वा समय भन्दा ढिलो गर्नु हुँदैन। अल्लाहले भन्नु भएको छः (إِنَّ الصَّلَاةَ كَانَتْ عَلَى الْمُؤْمِنِينَ كِتَابًا مَوْقُوتًا) (النساء: 103). अर्थः “निश्चय नै आस्थावानहरूमाथि समयको पालनाका साथ सलाह अनिवार्य गरिएको छ।” (सूरह अन्-निसा : ४/१०३)
सलाहलाई त्यसको सुरुवाती समयमा नै पढ्नु उत्तम हो। उम्मे फरवा रजियल्लाहु अन्हाद्वारा वर्णित छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग कुन कर्म उत्तम छ भनेर सोधियो त उहाँले भन्नु भयोः सलाह (नमाज) लाई उसको समयमा नै पढ्नु। (अबू दाऊदः ४२६)
समयमै सलाह पढ्नु अनिवार्य छ। जमा बैन सलातैन (दुई समयको सलाहलाई एकसाथ पढ्ने) बाहेक अन्य कुनै पनि कारणले सलाह पढ्न ढिलो गर्नु हुँदैन।
निन्द्रा वा भूलचूकले गर्दा सलाह छुट्यो भने निन्द्राबाट जाग्ने वा सम्झना हुने बित्तिकै ढिलो नगरिकन सलाह पढ्नु पर्दछ। किनभने अनस बिन मालिक रजियल्लाहु अन्हुद्वारा वर्णित छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः जसले सलाह पढ्न बिर्सियो अथवा सलाहको समयमा सुत्यो उसले याद आउने बित्तिकै तुरुन्तै सलाह पढ्नु पर्छ, यही उसको लागि कफ्फारा (जरिवाना) हो। (सहीह मुस्लिमः ६८४ )
सलाह (नमाज) को अनिवार्ता-
निम्न मध्ये कुनै एक कुरा भएमा वयस्क भएको मानिन्छ-
पाँच अनिवार्य सलाहहरू र त्यसका समयहरू
फज्रको सलाह- यो दुई रकातको सलाह हो। प्रात: काल (फज्रको अजान) देखि यसको समय प्रारम्भ हुन्छ र पूर्व दिसाबाट सूर्य उदाउने बेलासम्म रहन्छ।
जुहरको सलाह- यो चार रकातको सलाह हो। यसको समय अपरान्हमा सूर्य पश्चिमतिर ढल्केदेखि प्रारम्भ हुन्छ र कुनै पनि वस्तुको छायाँ उसको बराबर हुन्जेलसम्म रहन्छ।
अस्रको सलाह- यो चार रकातको सलाह हो। यसको समय जुहरको समय समाप्त भएदेखि अथवा कुनै पनि वस्तुको छायाँ उसको बराबर भएदेखि सूर्यास्तसम्म रहन्छ। सूर्यको ताप धमिलो तथा पहेंलो हुनु पूर्व नै यसलाई पढिसक्नु पर्छ।
मग्रिबको सलाह- यो तीन रकातको सलाह हो। यसको समय सूर्यास्तदेखि लिएर गोधुली साँझसम्म अथवा सूर्यास्त पछि पश्चिममा देखिने लाली पूर्ण रूपमा समाप्त हुन्जेलसम्म रहन्छ।
ईशाको सलाह- यो चार रकातको सलाह हो। यसको समय मग्रिबको समय समाप्त भएदेखि अथवा पश्चिमको लाली समाप्त भएदेखि मध्य रातसम्म रहन्छ। कारणवश यसलाई प्रात: काल (फज्रको अजान) सम्म पढ्न सकिन्छ।