सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ सलाह (नमाज) का सर्त र आदेशहरू

सलाह (नमाज) का केही यस्ता सर्तहरू छन्, जसको बिना सलाह सही एवम् मान्य नै हुँदैन। त्यसैले प्रत्येक मुस्लिमलाई यी सर्तहरूको बारेमा जानकारी हुनु अनिवार्य छ। यस पाठमा तपाईंले सलाहका सर्तहरू, यसको अनिवार्यता र स्थानहरूको बारेमा जानकारी हासिल गर्नु हुनेछ।

  • सलाह (नमाज) का सर्तहरूको जानकारी।
  • सलाह (नमाज) को अनिवार्यताबारे जानकारी।
  • सलाह (नमाज) का स्थानहरूको बारेमा जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

सलाह (नमाज) का सर्तहरू

१. पवित्र हुनु

अपवित्रता र फोरबाट पवित्र हुनु पर्दछ। अनस बिन् मालिक रजियल्लाहु अन्हुमाले भन्नु भएको छः मैले सुनेको छु रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु हुन्थ्यो- “पवित्रता नभइकन अल्लाहले सलाह स्वीकार गर्नुहुँदैन।” (सहीह इब्ने माजा)

२. पर्दा गर्नु (अङ्गहरूलाई छोप्नु)

अङ्गहरूलाई छोप्नको लागि छोटो, कसिलो, पातलो र पारदर्शी लुगा होइन, बरु पूरै शरीरलाई छोप्ने खुकुलो र अपारदर्शी कपडा लगाउनु पर्दछ।

पुरुषको पर्दा

वयस्क पुरुषले कम्तिमा पनि नाईटोदेखि घुँडासम्म छोप्नु पर्छ।

महिलाको पर्दा

बालिग महिलाले सलाह पढ्दा अनुहार र हत्केलाबाहेक शिरदेखि पाऊसम्म पूरै शरीरलाई छोप्नु पर्छ। आइशा रजियल्लाहु अन्हाद्वारा वर्णित छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “अल्लाहले वयस्क महिलाहरूको सलाह पर्दा बिना स्वीकार गर्नु हुँदैन।” (अबू दाऊदः ६४१, तिर्मिजीः ३७७, इमाम तिर्मिजीले यस हदीसलाई हसन भन्नु भएको छ।)

पर्दाको सम्बन्धमा अल्लाहले भन्नु भएको छः :(يَا بَنِي آدَمَ خُذُوا زِينَتَكُمْ عِنْدَ كُلِّ مَسْجِد) (الأعراف:31)، अर्थः “हे आदमका सन्तान हो ! तिमीहरू हरेक सलाहको बेलामा उत्तम श्रृङ्गार र राम्रो वस्त्र धारण गर।” (सूरह अल्-आ'राफ: ७/३१) गुप्ताङ्गहरूलाई छोप्नु सबैभन्दा कम श्रृङ्गार हो।

३. किब्लातिर अनुहार गर्नु

किब्लातिर अनुहार गर्ने सम्बन्धमा अल्लाहले भन्नु भएको छः (وَمِنْ حَيْثُ خَرَجْتَ فَوَلِّ وَجْهَكَ شَطْرَ الْمَسْجِدِ الْحَرَامِ) (البقرة: 149). अर्थः “तिमी जहाँसुकैबाट निस्के पनि सलाहमा आफ्नो अनुहार मस्जिदे हराम (काबा) तिर फर्काऊ।” (सूरह अल्-बकरह: २/१४९)

मुस्लिमहरूको किब्ला के हो?

‘किब्ला’ पवित्र काबा नै मुस्लिमहरूको किब्ला हो। यसलाई सन्देष्टाहरूका पुर्खा इब्राहीम (अलैहिस्सलाम) ले आफ्नै हातले निर्माण गर्नु भएको थियो। सन्देष्टाहरूले त्यही पवित्र काबाको हज्ज गरे, तर काबामा न फाइदा पुर्याउने शक्ति छ, न हानि पुर्याउने नै। अल्लाहले किब्लातर्फ मुख गरेर सलाह पढ्न आदेश दिनु भएको छ, ताकि विश्वकै सम्पूर्ण मुस्लिमहरू एउटा केन्द्रविन्दुमा केन्द्रित हुन सकौं। त्यसैले हामी काबातिर अनुहार गरेर अल्लाहको उपासना गर्छौं।

किब्लातर्फ अनुहार गर्ने तरिका-

सलाह पढ्दा काबालाई देखिरहेको छ भने त्यसै तर्फ मुख गर्नु अनिवार्य छ। यदि टाढा छ भने मक्कातिर अनुहार गर्नु नै पर्याप्त हुन्छ। अलिकति यताउता भएमा केही फरक पर्दैन। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “पूर्व र पश्चिमको बीचमा किब्ला छ।” (तिर्मिजी: ३४२)

रोग-व्याधि वा अशक्त अवस्थामा किब्लातिर अनुहार कसरी गर्ने?

यदि रोग वा अशक्तले गर्दा किब्लातिर मुख गर्न असमर्थ छ भने उसले किब्लातिर मुख गर्नु पर्दैन, किनभने अशक्तलाई अनिवार्य कुराहरू पनि माफ हुन्छन्। किनभने अल्लाहले भन्नु भएको छः (فَاتَّقُوا اللهَ مَا اسْتَطَعْتُمْ) (التغابن: 16). अर्थः “यथासम्भव अल्लाहसित डराऊ।” (सुराह तगाबुन : ६४/१६)

४. सलाहको समय हुनु-

समय हुनु सलाहको लागि सर्त नै हो। त्यसैले समय भन्दा पूर्व सलाह पढ्नु वा समय भन्दा ढिलो गर्नु हुँदैन। अल्लाहले भन्नु भएको छः (إِنَّ الصَّلَاةَ كَانَتْ عَلَى الْمُؤْمِنِينَ كِتَابًا مَوْقُوتًا) (النساء: 103). अर्थः “निश्चय नै आस्थावानहरूमाथि समयको पालनाका साथ सलाह अनिवार्य गरिएको छ।” (सूरह अन्-निसा : ४/१०३)

सलाहलाई त्यसको सुरुवाती समयमा नै पढ्नु उत्तम हो। उम्मे फरवा रजियल्लाहु अन्हाद्वारा वर्णित छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग कुन कर्म उत्तम छ भनेर सोधियो त उहाँले भन्नु भयोः सलाह (नमाज) लाई उसको समयमा नै पढ्नु। (अबू दाऊदः ४२६)

के सलाह (नमाज) लाई उसको समयभन्दा ढिलो गरेर पढ्नु जायज छ?

समयमै सलाह पढ्नु अनिवार्य छ। जमा बैन सलातैन (दुई समयको सलाहलाई एकसाथ पढ्ने) बाहेक अन्य कुनै पनि कारणले सलाह पढ्न ढिलो गर्नु हुँदैन।

निन्द्रा वा भूलचुकको कारणले कसैको नमाज छुट्यो भने के गर्ने?

निन्द्रा वा भूलचूकले गर्दा सलाह छुट्यो भने निन्द्राबाट जाग्ने वा सम्झना हुने बित्तिकै ढिलो नगरिकन सलाह पढ्नु पर्दछ। किनभने अनस बिन मालिक रजियल्लाहु अन्हुद्वारा वर्णित छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः जसले सलाह पढ्न बिर्सियो अथवा सलाहको समयमा सुत्यो उसले याद आउने बित्तिकै तुरुन्तै सलाह पढ्नु पर्छ, यही उसको लागि कफ्फारा (जरिवाना) हो। (सहीह मुस्लिमः ६८४ )

सलाह (नमाज) को अनिवार्ता-

सलाह हरेक मुस्लिम, बुद्धिमान, बालिग (वयस्क) पुरुष र महिलामाथि अनिवार्य छ। महिलाहरूले मासिकधर्म तथा सुत्केरी भएको बेला सलाह पढ्नु हुँदैन र पवित्र भएपछि पनि कजा (छोड्को सलाह पूरा) गर्नु पर्दैन।

निम्न मध्ये कुनै एक कुरा भएमा वयस्क भएको मानिन्छ-

١
१५ वर्ष उमेर पुगेको हुनु।
٢
गुप्ताङ्गहरुमा खस्रो रौं निस्कनु।
٣
सपना वा बिपनामा वीर्य स्खलन हुनु।
٤
महिलालाई मासिकधर्म आउनु वा गर्भधारण गर्न योग्य हुनु।

पाँच अनिवार्य सलाहहरू र त्यसका समयहरू

अल्लाहले मुस्लिमहरूमाथि दिनरातमा पाँच चोटि सलाह (नमाज) पढ्न अनिवार्य गर्नु भएको छ। यो इस्लामको ठूलो र अति महत्वपूर्ण आधार हो। यसको लागि निम्न लिखित समय तालिका तोकिएको छः

फज्रको सलाह-

फज्रको सलाह- यो दुई रकातको सलाह हो। प्रात: काल (फज्रको अजान) देखि यसको समय प्रारम्भ हुन्छ र पूर्व दिसाबाट सूर्य उदाउने बेलासम्म रहन्छ।

जुहरको सलाह-

जुहरको सलाह- यो चार रकातको सलाह हो। यसको समय अपरान्हमा सूर्य पश्चिमतिर ढल्केदेखि प्रारम्भ हुन्छ र कुनै पनि वस्तुको छायाँ उसको बराबर हुन्जेलसम्म रहन्छ।

अस्रको सलाह-

अस्रको सलाह- यो चार रकातको सलाह हो। यसको समय जुहरको समय समाप्त भएदेखि अथवा कुनै पनि वस्तुको छायाँ उसको बराबर भएदेखि सूर्यास्तसम्म रहन्छ। सूर्यको ताप धमिलो तथा पहेंलो हुनु पूर्व नै यसलाई पढिसक्नु पर्छ।

मग्रिबको सलाह-

मग्रिबको सलाह- यो तीन रकातको सलाह हो। यसको समय सूर्यास्तदेखि लिएर गोधुली साँझसम्म अथवा सूर्यास्त पछि पश्चिममा देखिने लाली पूर्ण रूपमा समाप्त हुन्जेलसम्म रहन्छ।

ईशाको सलाह-

ईशाको सलाह- यो चार रकातको सलाह हो। यसको समय मग्रिबको समय समाप्त भएदेखि अथवा पश्चिमको लाली समाप्त भएदेखि मध्य रातसम्म रहन्छ। कारणवश यसलाई प्रात: काल (फज्रको अजान) सम्म पढ्न सकिन्छ।

सलाह पढ्ने ठाउँ

इस्लामले सामुहिक रुपमा जमातका साथ सलाह पढ्ने आदेश दिएको छ र यसको लागि मस्जिदलाई प्राथमिकता दिएको छ। यसो गर्दा एक आपसमा भाइचारा, माया, प्रेम, स्नेह तथा सदभाव पलाउँछ। एक अर्कालाई चिन्न, आपसमा दु:ख-पीडा बाँड्न अवसर पाइन्छ। त्यसैले जमातको सलाहलाई एक्लै पढेको सलाह भन्दा बढी पुण्य प्रदान गरिएको छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “पुरुषहरूको लागि एक्लै नमाज पढ्नु भन्दा जमातका साथ पढ्दा २७ गुणा बढी सवाब (पुण्य) प्राप्त हुन्छ।” (बुखारी: ६१९, मुस्लिम: ६५०, अहमद: ५९२१)

सलाह पढ्ने ठाउँ सम्बन्धी नियमहरू-

इस्लामले सलाहको लागि ठाउँ पवित्र हुनुपर्छ भन्ने शर्त राखेको छ। अल्लाहले भन्नु भएको छः {وَعَهِدْنَا إِلَى إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ أَنْ طَهِّرَا بَيْتِيَ لِلطَّائِفِينَ وَالْعَاكِفِينَ وَالرُّكَّعِ السُّجُود} (البقرة: 125). अर्थः “हामीले इब्राहीम र इस्माईलसित हाम्रो घरलाई तवाफ, एतिकाफ (आफूलाई मस्जिदमा सीमित राखेर गरिने एक प्रकारको उपासना), रुकू र सज्दा गर्नेहरूका लागि पवित्र राख्न वचन लियौं।” (सूरह अल्-बकरह: २/१२५)

सलाह पढ्ने ठाउँ पवित्र हुनु पर्दछ।

स्मरण रहोस् ! धरती वास्तवमा पवित्र नै हुन्छ। दिसा पिसाब र फोहोर चीजहरू त्यसमा सीमित समयसम्म मात्र बाँकी रहन्छन्, त्यसैले यदि स्पष्ट रूपमा फोहोर भएको जानकारी हुँदैन वा देखिंदैन भने त्यसलाई पवित्र नै मानिन्छ। यहाँ फोहोर हुनसक्छ कपडा वा सज्जादा बिछाउनु नै पर्छ नत्र सलाह मान्य हुँदैन भन्ने आस्था गलत हो, न त यस्तो गर्नु सुन्नत नै हो।

सलाह पढ्ने ठाउँमा निम्न कुराहरूमा ध्यान पुर्याउनु पर्छ-

१) कुनै ठाउँमा सलाह पढेर अरु कसैलाई दु:ख नदिनु, जस्तैः सडकको पेटी, सार्वजनिक बाटो र निषेधित क्षेत्रमा सलाह पढेर बाटो जाम गर्नु इत्यादि। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जानेर वा नजानेर कसैलाई दु:ख दिनु हुँदैन।” (इब्ने माजा: २३४०, अहमद: २८६५)

२) सलाह पढ्ने ठाउँमा भक्तलाई दिक्क पार्ने बाजा गाजाको आवाज वा ध्यान आकर्षित गर्ने कुनै तस्वीर नहोस्।

३) त्यो ठाउँ अल्लाहको अवज्ञाको लागि नबनाइएको होस्, जस्तैः नाचघर, डिस्को, बियर, बार इत्यादि। यस्ता ठाउँहरूमा सलाह पढ्नु हुँदैन।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्